Gold
Bangad salyan

दाङमा क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

माघ २० दाङ – दाङबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही बस्दै आएका रोल्पा इरिबाङका कमल थापा, घोराही बुद्धि ग्यारेज नजिकै रहेको तोला होटलका सञ्चालक रोल्पाकै दिपक बोहोरा र रोल्पा होलेरी घर भइ हाल घोराही रतनपुरका सन्तोष श्रेष्ठ रहेका छन् ।

क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको हो।

पक्राउ परेका उनीहरुले आफ्नै परिवारभित्रबाट १७ हजारको प्याकेज अन्तरगतको अनलाइन नेटवर्किङमार्फत कारोबार गरिरहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।क्रिप्टोकरेन्सी कारोबार गर्ने केही व्याक्तीहरुलाई प्रहरीले यस अघिपनि पक्राउ गरिसकेको छ।

नेपाल सरकार र राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न गैरकानुनी भएको बताइसकेको छ।