Gold
Bangad salyan

आज सबै भन्दा कम कोरोना संक्रमित फेला

काठमाडौं – गत २४ घन्टामा नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६६५४ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै २४ घन्टामा थप १८२६ जना संक्रमित कोरोनमुक्त भएका छन् भने थप ४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल २६ हजार १०२ सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोनाको तेस्रो लहरअन्तर्गत आज सबै भन्दा कम कोरोना संक्रमित देखिएका हुन्।