महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेर उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
लगतै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् गराएको थियो ।जबरालाई विदाई गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म आएका थिए ।
जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो । यस्तै आफूमाथि महाअभियोग लागेपछि प्रधानन्यायाधीश जबराले राजीनामा नदिने र फेस गर्ने बताएका छन्।

