Gold
Bangad salyan

हिउँ खेल्न गएका दुई किशोर एघार दिनपछि मृत फेला

गोरखा – हिउँ खेल्न घरबाट निस्केका बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन्। उनीहरु ११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका थिए ।

बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर फ़ॆलाअ पारेको जनाएको छ। बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला शव फेला पारेको सोही टोलीका जीतबहादुर घलेले जानकारी दिए।

बाटोबाट करिब एक सय फिट तल खसेको अवस्थामा दुवै जना भेटिएको घलेले बताए। हिउँले पुरीएर हराई रहेका उनीहरु अहिले हिउँ पग्लिँदै गएपछि शव देखिएपछि खोजि कार्यमा संलग्नले फेला पारेका हुन्।गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु हराई रहेका थिए। शवलाई साँझ गाउँमा ल्याइएको स्थानीयले बताए।