Gold
Bangad salyan

बैतडीमा एक महिला बलात्कृत आरोपी फरार

बैतडी – बैतडीमा एक विवाहित महिला बलात्कृत परेकी छिन। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्।महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली-१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ।

आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।अदालतले पक्राउ पूर्जी जारी गरेपछि ति व्यक्तिको खोजीका रहेको खड्काले बताए।

गत माघ २४ गते मेलौली नगरपालिकाको केन्द्रमा रहेको एनसिसी बैंकबाट अपाङ्गता भएकी चार वर्षीया छोरीको बाल पोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली-१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्।

सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर बन्धक बनाई रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन्।

पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ छन्। पीडित महिलाका एक छोरा र एक बोल्न तथा हिँडडुल गर्न नसक्ने छोरी छन्। श्रीमान् पनि घरमै रहेका बताइएको छ। आरोपित नेगी पनि विवाहित हुन् प्रहरीले थप अनुसन्धान गरिरहेको छ।