Gold
Bangad salyan

युक्रेनका एक सैनिकले रुसी सेनाका ट्यांकको लस्करलाई रोक्न आफुसहित पुललाई बमले उडाए

काठमान्डौ – युक्रेनका एक सैनिकले रुसी सेनाका ट्यांकको लस्करलाई रोक्न आफुसहित पुललाई बमले उडाईदिएका छन। सैनिक भिटाली शकुनले रुसी सेनाका ट्यांकलाई रोक्न पुल आफुसङै बमले उडाईदिएका हुन।

देशको लागि आफ्नो ज्यान दिने वीर योद्धाको त्याग देखेर अहिले यो घटनाले विश्वमा चर्चा पाईरहेको छ। रुसले युक्रेनमा आक्रमन गरेको आज चौथो दिनसम्म लडाइँ जारी छ।