पल समिक्षा प्रकरण युट्युबरलाई महङ्गो पर्यो पाँच लाख दर्ता शुल्क
फागुन २३,काठमाण्डाै – अब युट्युब पनि दर्ता गरेर चलाउनुपर्ने छ। सरकारले च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमवलीको एघारौँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो । यो संगै अब अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिन पाँच लाख रुपैयाँ तिर्नुपर्ने नयाँ नियमावलीमा उल्लेख छ ।
सरकारले योसँगै युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याइएको हो । लाइसेन्स अनिवार्य गरेसँगै अनलाइन सञ्चालकहरूले अब सरकारलाई नियमित कर पनि तिर्नुपर्ने भएकाे छ ।
यस्तै नियमावलीअनुसार अब आफैँले उत्पादन गरेका सामाग्री प्रकाशन गर्दा उपभोक्ताको उमेरअनुसार त्यसको वर्गीकरण गर्नुपर्ने पनि उल्लेख छ। केहि दिनयता नायक पल शाह र समिक्षा अधिकारिको पक्ष विपक्षमा युटुबमा भिडियो प्रशारण भैइरहेको छ। जसलाई नियन्त्रण गर्न सरकारले यस्तो कदम चालेको देखिन्छ ।

