पल -समिक्षा अभिव्यक्ति प्रकरण शर्मिला वाईबा पक्राउ
काठमाण्डाै – आफूलाई सामाजिक अभियान्ता भनेर चिनाउने गरेकी शर्मिला वाईबालाई प्रहरीले पक्राउ गरेको छ।
अभिनेता पल शाहले जबरजस्ती करणी गरेको मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिएको भन्दै वाइबालाई प्रहरीले पक्राउ गरेको हो।
सेलेब नेपाल र ए वन मिडिया नामक युट्युब च्यानलमार्फत पीडितको मानमर्दन हुने तथा भ्रामक र अनर्गल वक्तव्यबाजी गरेको उनिविरुद्द आरोप छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएकी शर्मिला वाइबालाई चितवन्बाट पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघिनै वाईबा पक्राउ भनीएपनी उनी पक्राउ परेकी थिइनन ।

