अमेरिकी भ्रमण टोलि र प्रधानमन्त्री देउवा बिच भेट्वार्ता
काठमाण्डाै – नेपाल भ्रमणमा रहेका अमेरिकी तल्लो र माथिल्लो सदनका पाँच जना सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न पाँच जना अमेरिकी सांसदको टोली बालुवाटार पुगेको थियो ।
अमेरिकी टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भेटमा नेपाल-अमेरिका मित्रता, सरकार, संसद् र आम नारिकलाई समावेश गरेर बहुआयामिक साझेदारी बढाउने विषयमा कुराकानी भएको जानकारी दिए।
नेपाल-अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष प्रवेशको पूर्व–सन्ध्यामा अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आएको हो ।
टाेलीले अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम छ भने टोली नेपालबाट भोलि फर्किने छ।

