Gold
Bangad salyan

बुद्ध एयरको जहाजमा भेटियो १० हजार अमेरिकी डलर

काठमाडौं – भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार बढी अमेरिकी डलर भेटिएको छ ।

त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलको विमानस्थलमा १ सय दरका १ सय ८ थान नोट भेटिएको नेपाल प्रहरीले जनाएको छ।

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको र उक्त रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउने प्रहरीले जनायो ।उक्त रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।

बुद्ध एयरका अनुसार यो रकम एयर होस्टेसले फेला पारेर ग्राउण्ड इन्चार्जलाई बुझाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको रोहवरमा नेपाल प्रहरीलाई बुझाइएको थियो ।

प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जनाएको छ।