गुर्भाकोट नगरपालिका मेहलकुना अस्पतालको एम्बुलेन्सले बिरामी बोक्न नमानेपछि स्थानीय आक्रोस
वैशाख १०
सुर्खेत – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका मेहलकुना अस्पतालमा रहेको एम्बुलेन्सले बिरामी बोक्न नमानेको भन्दै स्थानीहरु आक्रोसमा देखिएका छन्।
अस्पतालमा बिरामी बोक्न एम्बुलेन्स रहेपनि बिरामी बोक्न नमानेको स्थानीयको गुनासो छ। एम्बुलेन्सले बिरामी बोक्न नमानेको र रातिमा एम्बुलेन्स चलाउन नमिल्ने भन्दै अस्पतालले जवाफ दिएको उनीहरु बताउछन।
यस्तै बिरामी जस्तो सवेदनशील अवस्थामा एम्बुलेन्स थन्काएर राखेको भन्दै अस्पताल प्रशासनमाथि स्थानीयले खबरदारी गरेका छन्।
कतिपयले भने अस्पतालमा रहेको एम्बुलेन्सले नेता कार्यकर्ताका मात्र बिरामी बोक्ने गरेको आरोप लगाएका छन्। त्यस्तै अस्पतालका हाकिम सोजन सापकोटाले आफ्नो आदेश बिना एम्बुलेन्सले बिरामी नबोक्ने भन्दै स्थानीयलाई बताएको समेत उनीहरुले बताए ।

