उमेद्वारहरुले मनोनयन फिर्ता लिन आज अन्तिम दिन ,आजै अन्तिम नामावली प्रकाशित
वैशाख १६
काठमान्डौ – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् ।आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।
यस्तै फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।
ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको नामावली प्रकाशन गरेको थियो । आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आज प्रकाशित नामावलीममा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । अन्तिम नामावलीका उमेद्वारहरुलाई १७ गते आयोगले चुनाव चिह्न प्रदान गर्ने छ ।

