गुर्भाकोट धारापानीमा बिस बर्ष कांग्रेसको सभापति समालेका भुपेन्द्र डाँगी एमालेमा समाहित भएपछि कांग्रेस पतन
वैशाख १६
सुर्खेत – गुर्भाकोट नगरपालिका सुर्खेत वडा न. ३ मा बिस बर्ष नेपाली कांग्रेसको सभापति समालेका भुपेन्द्र डाँगी नेकपा एमालेमा समाहित भएका छन्। भुपेन्द्र डाँगी गुर्भाकोट नगरपालिका देखि जिल्ला तहसम्मका जनप्रिय नेताको रुपमा चिनिने गरेका थिए।
यहि ३० गत्ते हुने आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा न्. ३ अध्यक्षका उमेद्वार बनेका तुलाराम बिस्टलाई सघाउन डाँगी अहिले नेकपा एमालेको चुनावी प्रचार प्रसारलाई तिब्र बनाईरहेका छन्।

भुपेन्द्र डाँगी नेकपा एमालेमम प्रवेश गरेसंगै गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेस पतन हुने देखिएको छ। गुर्भाकोट धारापानीमा कांग्रेस बचाउ राख्नेमा डाँगीको निकै अतुलनिय योगदान छ।
यस्तै भुपेन्द्र डाँगी नेकपा एमालेमा आएसंगै गुर्भाकोट वडान ३ बाट नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका हजारौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। वडा अध्यक्ष उमेदवार तुलाराम बिस्ट र भुपेन्द्र डाँगीसहितको टोलीले अहिले घर दैलो चुनावी अभियान गरिरहेको छ भने पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेको छ।

त्यस्तै हिजो मात्र वडान ३ लामीडांडा ,टिम्मुरे ,डोब ,धारापानी लगायत विभिन्न टोलमा लामो समय देखि नेपाली कांग्रेस माओवादी केन्द्रमा रहेका व्याक्तिहरु एमालेमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसले भने वडा न ३ मा पुरानै अनुहारका ओम प्रकाश बुढालाई उमेद्वार बनाएको छ। देश विकास निर्माणमा युवाहरुलाई पालो नदिने र पुरानै व्यक्तिलाई पटक -पटक दोहोर्यायको भन्दै गुर्भाकोट तिनका जनताहरु रुस्ट बन्दै एमालेमा प्रवेश गरेको बताए।
त्यस्तै यो स्थानीय चुनावमा अंक गणित गर्दा उमेद्वार तुलाराम बिस्टले जित्ने पक्का भएको स्थानीय बताउछन। बिस्ट लामो समय देखि एमालेको विभिन्न पदमा रहेर काम गर्दै आईरहेका छन् भने पछिल्लो समय धारापानीमा विकास योजनाका कामहरुलाई तिब्रता दिइरहेका छन्।



