सुजिता भण्डारीको ह,त्या प्रकरणमा एक युवकविरुद्द आत्मह,त्या दुरुत्साहनको जाहेरी
साउन ८ ,चितवन – चितनकि सुजिता भण्डारीको ह,त्या प्रकरणमा एक युवकविरुद्द परिवारले आत्मह,त्या दुरुत्साहनको जाहेरी दिएको छ।
गत असार ११ गते बिहानबाट हराएकि सुजुता २० गते ब्रह्मास्थान सामुदायिक वनको जंगलको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्।
चितवन राप्ती ३ की भण्डारीलाई आत्मह,त्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा एक आफन्त पर्ने युवकविरुद्द मुद्दा दर्ता गरेको छ ।
एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्मह,त्या दुरुत्साहनको जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सुरुमा परिवारले सुजिताको अपरहण भएको जनाउदै आएको थियो। हराएको दिनको दिउँसोमा सुजिताले आफू अप,हरणमा अपरेको समेत जानकारी गराएको परिवार श्रोतले जनाएको छ।
यस्तै सुजिताको शव अफेला परेको नजिकमा फेला परेका मोबाइल ,विषको डिब्बा ,झोलाक आधारमा प्रहरिले खोजतलास गरेको थियो।
काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टबाट ह,त्या भएको देखिएको थिएन। भिसेरा परीक्षण रिपोर्ट भने अझै आइपुगेको छैन। भिसेरा परीक्षण रिपोर्टबाट उनको ह,त्या बला,त्कार भएको हो वा होईन प्रस्ट खुल्ने छ ।