मतदान गर्न अध्यक्ष प्रचण्ड चितवन पुगे देउवा डडेल्धुरा ओली कता
काठमान्डौ – स्थानीय ताहा निर्वाचनमा मतदान गर्न नेताहरु गृह जिल्ला पुगेका छन्। भोलि बिहान ७ बजे देखि साँझ ५ बजे सम्म स्थानीय तह निर्वाचन हुँदै छ। जसको लागि सबै प्रक्रिया पुरा भईसकेको निर्वचन आयोगले जनाएको छ।
त्यसै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्न चितवन पुगेका छन् । उनले भरतपुर १४ स्थित शान्तिपुर माडीबाट मतदान गर्नेछन् । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट मत खसाल्दै छन् ।
उनको मतदान केन्द्र गन्यापधुरा असिग्राम माविस्थित रुवाखोलााम तोकिएको मतदान केन्द्र ‘ख’ हो। उनी मत हाल्न डडेलधुरा पुगिसकेका छन् । यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्ने भएका छन् ।
ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका वडानम्बर २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने छन् ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गर्ने भएका छन् ।
त्यसैगरि सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका ४ कुविन्डे सेतीदेवी पञ्चकन्या माविबाट मतदान गर्नेछन् भने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जाबाटस्थित पशुपति माध्यामिक विद्यालयबाट मतदान गर्दैछन् ।शिर्ष नेताहरु मतदान गर्न आ -आफ्नो गृह जिल्ला पुगिसकेका छन्।

