चौरजहारी नगरपालिकाको मत गणना स्थलमा फलामको बार संगै सिसि क्यामेरा जडान
बैशाख २९
रुकुम पश्चिम् – कर्णाली प्रदेश रुकुम पश्चिम चौरजहारी नगरपालिकाको मत गणना स्थलमा फलामको बार लगाईएको छ ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर फलामको बारले मतगणना स्थललाई बारिएको छ । नगरपालिकाको नयाँ भवनको हलमा मत गणना हुने छ।
फलामका ग्रिलले मत गणना स्थललाई सुरक्षा दिईएको निर्वाचन अधिकृत द्रोणदत्त पौडेलले जानकारी दिए।
कुनैपनि किसिमको जोखिम नहोस भनेर मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा बनाईएको उनले बताएका हुन।
मत गणना स्थलमा सिसी क्यामेरा जडान गर्नुका साथै सुरक्षित तरिकाले मत गणना गर्न फलामको बार लगाईएको पौडेलले जनाए ।

