Gold
Bangad salyan

बर्षाले सुर्खेतका अधिकांस केन्द्रमा मतदान रोकियो

बैशाख ३०

काठमान्डौ – बर्षाका कारण सुर्खेतका अधिकांस केन्द्रमा भईरहेको मतदान रोकियको छ। हावाहुरी सहितको बर्षाले एक घण्टा अगाडीबाट मतदान रोकीएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

सुर्खेतमा अहिले पनि अधिकांस स्थानमा आभारी बर्षा र हावाहुरी भईरहेको छ। विरेन्द्रनगरमा अहिले पानि रोकीएपछि जन नमुना माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा विद्यालयभित्र मतदान गर्ने व्यवस्था मिलाइएको चालिसेले बताए।

 

पानि रोकिनासाथ रोकीयको मतदान सुरु हुने उनले बताए। चालिसेका नुसार सुर्खेतमा दिउँसो दुई बजेसम्म पालिकाहरूमा ४० देखि ५० प्रतिशत मत मत खसेको छ ।