Gold
Bangad salyan

गोरखाको एक मतदान केन्द्रमा गोलि चल्यो महिला घाईते

बैशाख ३०

गोरखा -गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र सिद्धकाली माविमा गोली चलेको छ। गोलि चल्दा एक जना महिला घाईते भएकि छिन।

मतदान चलिरहेकै बेला कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच विवाद हुँदा अज्ञात व्यक्तिले गोली चलाएको हो। गोलि चलाउने व्याक्तिको अनुसन्धान भईरहेको निर्वाचन अधिकृत खिमानन्द गौतमले बताए। २२ वर्षीया मनिषा थापालाई घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ। घाइते थापालाई एम्बुलेन्स बोलाई अस्पताल लगिएको छ।

मतदान केन्द्र अहिले तनावग्रस्त छ भने मदतान रोकीएको । घटनास्थलमा नेपाली सेना सहित थप सुरक्षाकर्मी परिचालन गरिएको छ। ५५ प्रतिशत मत खसेको र करिब ८० जना लाइनमा रहेको अवस्थामा गोली चलेको थियो।