चौरजहारी नगरपालिका वडान २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी
जेठ १ , रुकुम पश्चिम – जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।
नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार बीरबहादुर रानाको प्यानल नै विजयी भएको हो। नव निर्वाचित वडा अध्यक्ष वीर बहादुर रानाले ३३८ मत प्राप्त गरि बिजय हासिल गरेका छन हुन्।
२०७४ स्थानीय निर्वाचनमा एकल प्रतिस्पर्धाबाट नेपाली काँग्रेस विजयी बनेको चौरजहारी नगरपालिका वडा नम्बर २ मा पनि अहिले माओवादी केन्द्रले एकल प्रतिस्प्रधा गरेर जित हासिल गरेको हो।

