Gold
Bangad salyan

गोरखा बारपाक सुलिकोट गाउँपालीका ७ मा माओवादी केन्द्रको प्यानल विजयि

जेठ् १गोरखा – गोरखा बारपाक सुलिकोट गाउँपालीका वडा नं ७ पाँच कुवादेउरालीम नेकपा माओवादी केन्द्र विजयी भएको छ।

माओवादी केन्द्रबाट वडा अध्यक्ष कृष्ण गुरुङ सहितको प्यानल नै विजयी भएको हो । बारपाकमा नेकपा माओवादी केन्द्र भारी मत अन्तरले बिजय हुँदै आएको छ भने माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष जित्ने पक्का भएको छ।

अध्यक्ष उपअध्यक्षको मतपरिणाम छिटै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। हाल सम्मको मतपरिणामलाई हेर्दा नेकपा माओवादी केन्द्रका उमेदवार बिष्णु भट्ट भारी मतले अगाडि छन ।

जिल्ला देखि केन्द्र सम्म जन्ताको मन जित्दै आएका बिष्णु भट्ट २०७४ सालको निर्वाचनमा पनि भारी मतले विजयी भएका थिए ।