Gold
Bangad salyan

मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना

जेठ १३

काठमान्डौ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ। दुर्घटना अपरेर घाईते भएकि मेयर दाहालको अवस्था अहिले खतरामुक्त भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेपाछी अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले बुझीएको छ।

टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको थियो। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको छ। दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।