Gold
Bangad salyan

बर्दियाको भारतसंग जोडीएको जंगलमा नेपालीमाथि गोलि प्रहार एकको मृत्यु

असार १७

बर्दिया- बर्दियामा एक नेपालीमाथि भारतले गोलि प्रहर गरेको छ। बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोलि प्रहर भएको हो।

गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तलाई बोलाएका थिए ।

रातिमा नै घाईते उनलाई एम्बुलेन्समा हालेर गुलरिया अस्पताल पुर्याईएको थियो। अत्यधिक रगत बगेकोले उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

उनलाई कसले गोलि हायो भन्ने बारे अनुसन्धान चलिरहेको शाहीले बताए। स्रोतका अनुसार भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका गरिएको छ ।

कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रुपमा जंगल प्रवेश गरेको भन्दै वन रक्षकले गोली हानेको शंका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।