Gold
Bangad salyan

एउटै खाल्डोमा गाडीएको दुवै शवको पहिचान खुल्यो

असोज ३१

दाङ – तुलसीपुर उपमहानगरपालिका-१३, दमारगाउँको जंगलमा फेला परेको दुईवटा शवको पहिचान खुलेको छ।

एउटै खाल्डोमा गाडीएको अवस्थामा तुलसीपुर १३ का १५ वर्षीया रोशनी महतारा र सोही ठाउँकै १४ वर्षीय शरद आचार्य रहेको वडाध्यक्ष मोहन पौडेलले बताए।

शव गाडेको अवस्थामा फेला परेको दाङ प्रहरीले बताएको छ। तीन दिनदेखि दुवै जना हराइरहेका थिए।घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।