Gold
Bangad salyan

दुई श्रीमतीसँग सम्बन्ध राम्रो नभएको भुवन केसीको सम्बन्ध जियासंग के होला

कार्तिक १२

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका अत्यन्त सफल मानिने चर्चित कलाकार भुवन केसी फेरि अर्को विवाहको तयारीमा रहेका छन्।

भुवनको दुई श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि उनी फेरि विवाह गर्ने सुरमा रहेका हुन् ।कलाकार भुवन केसी र अभिनेत्री जिया केसीको सम्बन्ध अब गोप्य रहेन।

लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका यी जोडी अब भने चाडै विवाह गर्ने तयारीमा रहेका भुवनले नै खुलाइसकेका छन् । उनीहरु करिब सात वर्षदेखि प्रेमसम्बन्धमा छन् ।

उनले अब चाँडै नै जिया केसीसँग विवाह गर्ने र दर्शकलाई गुड न्युज दिने बताइएका छन्। अहिले यो जोडी अमेरिकामा छन्।

एक अवार्ड कार्यक्रममा सहभागी हुन भुवनसँगै जिया पनि अमेरिका पुगिन्। यी दुईको प्रेमसम्बन्धबारे हाल निकै चर्चा चलिरहेको छ।

जहाँ-जहाँ भुवन पुग्छन् जिया पनि त्यही पुगिरहेकी छिन्। भुवनले आफ्नो सामाजिक सञ्जालबाट जियासँगका तस्बिर या भिडियो भने सेयर गरेका छैनन्।