Gold
Bangad salyan

चुनाव नजिकिदै गर्दा सुर्खेत गुर्भाकोटमा एमालेका ३५ कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

कार्तिक २०

काठमान्डौ – संघ र प्रदेशसभाको चुनाव नजिकिदै गर्दा सुर्खेतमा एमालेका ३५ जना कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।

आगामी मंसिर ४ गते हुने आम निर्बाचन लाई लक्षित गर्दै गुर्भाकोट नगरपालिका वडान १३ र १४ मा लोकतान्त्रिक साझा गठबन्धनको सयुक्त नेता तथा कार्यक्रता भेटघाट कार्यक्रममा उनिहरुले प्रवेश गरेका हुन।

कार्यक्रममा सुर्खेत क्षेत्र न.१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार एव पाटिका केन्द्रिय उपसभापति , पुर्ब गृहमन्त्री पुर्ण बहादुर खड्काले सदस्यता बितरण तथा स्वागत गरेका हुन।

कार्यक्रममा गुर्भाकोट नगरपालिकामा मेयर हस्त पुन लगायत थुप्रै नेता कार्यकर्ताको सहभागीता रहेको थियो।