Gold
Bangad salyan

काठमाडौबाट रुकुमतर्फ जादै गरेको बस त्रिशूलीमा खस्यो १६ घाईते

कार्तिक १९

काठमान्डौ – काठमाडौबाट रुकुमतर्फ आउदै गरेको बा. ४ ख. ५७९० न. को यात्रुबाहक बस धादिङ जोगीमारामा दुर्घटना भएको छ।

दुर्घटनामा परि १६ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ। बस त्रिशूलीमा खसेको छ भने अहिले सम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो।

घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिदै छ । बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीको भनाई छ। बस दुर्घटना हुनुको कारण प्रहरीले अनुसंधान गरिएको छ थप विवरण आउँन बाकी रहेको छ।