Gold
Bangad salyan

ची मुसी ची को १४ शहरमा कन्सर्ट कार्यक्रम हुने ,,

असार २६ ,- श्रावन ११ बाट देश भर रिलिज गर्न लागियको चलचित्र चि मुसी ची को कन्सर्ट कार्यक्रम गरिदैछ ।, प्रचार प्रसार तिब्र बनायको चि मुसी चिले आज देखि १४ सहर बिराटनगर, बिर्तामोड, धरान, इटहरी, लालबन्दी, हरिवन, नारायणघाट, हेटौंडा, बुटबल, पोखरा, दमौली, ललितपुर, भक्तपुर र काठमाडौंमा कार्यक्रम गरिने निर्माता शिवराज कार्कीले जानकारी दिए । उक्त कन्सर्टमा चिँ मुसी चीँका प्रमुख कलाकारहरुका साथै नेपाल आइडलबाट चर्चित भएकी गायिका सुजाता पान्डेले पनि भाग लिनेछिन् । स्थानीय कलाकारहरुले उनीहरुलाई साथ दिनेछन् ।दिनेश श्रेष्ठद्वारा निर्देशित यस चलचित्रमा सुनील क्षेत्री, एलिसा शर्मा सुशान्त कार्की, कमली वाइवा, सशांक बस्याल, सेखर सुवेदी, शिवराज कार्की लगायतको अभिनय रहेको छ । चलचित्रमा करण राज कार्कीले संगीत दिएका छन् ।