Gold
Bangad salyan

लोकप्रिय गायक गायिका बिष्णु खत्री र देवि घर्तीको गलकोटे दाइ गीत सार्वजनिक

चैत १४

काठमान्डौ – लोकप्रिय गायक बिष्णु खत्री र गायिका देवि घर्ती मगरको स्वर रहेको गलकोटे दाई बोल्को गीत सार्वजनिक भएको छ।

गायक बिष्णु खत्रीको अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएपछि दर्शकले मीठो प्रतिक्रिया दिने गरेका छन।

गल कोट बाग्लुङ जिल्लाको एक चर्चित ठाउँ हो । गायक खत्रीले धेरै जस्तो गीतहरु नेपाली समाजका कथा व्यथा समेटेर तयार पार्ने गर्दछन।

उनले संगीत गरेका र स्वर भरेका गीतहरुले नेपाली समाज देखि विदेशमा चर्चा कमाएका छन।

नेपाली लोक दोहोरी क्षेत्रमामा दर्शकले कहिले नभुल्ने नाममा पर्ने गायक संगीतकार बिष्णु खत्री पछिल्लो चरणमा गीतमा समेत अभिनय गर्न थालेका छन।

गीतको शब्द संगीत गायक स्वमकै रहेको छ भने गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन।