अध्यागमन विभागबाट दुई भारतीय पत्रकार पक्राउ
साउन ४
काठमान्डौ – दुई जना भारतीय पत्रकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नियन्त्रणमा लिएको छ।
अनुमति बिना अध्यागमनजस्तो संवेदनशील क्षेत्रमा गएर लाइभ गर्दै रिपोर्टिङ गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जानकारी दिएको छ।
इण्डिया डेली न्युज च्यानलका रिपोर्टरद्वय कान्त कुमार र रस्का खानलाई नियन्त्रणमा लिईएको अध्यागमन स्रोतले जनाएको छ। अहिले विमानस्थल अध्यागमनमै राखेर उनीहरुमाथि सोधपुछ भइरहेको छ।

