Gold
Bangad salyan

मधेसमा आरजु भाउजु जिन्दावाद भन्दै माला लगाउनेको घुईचो

साउन १०

जनकपुर -नेपाली काङ्ग्रेसकि सदस्य आरजु राणालाई सर्लाहीमा भव्य स्वागत गरिएको छ।

कांग्रेस केन्द्रीय समिति जारी छँदै केन्द्रीय सदस्य आरजु राणा देउवा बुधबार मधेश पुगेकी थिइन ।

सर्लाही धनकौल गाउँपालिकामा पार्टीले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनी मंगलबार दिउँसो पुग्दा माला लगाउन तँछाडमछाड गर्नेहरुको ठूलै समूह थियो ।

सर्लाही ४ मा पर्ने यो पालिकामा आरजुलाई माला लगाउन कांग्रेसका प्रदेश सांसद जंगीलाल राय, जिल्ला समन्वय समिति सभापति सुरेन्द्र सिंह, कांग्रेस जिल्ला सचिव निरज कार्की, जिल्ला पूर्व सभापति नागेन्द्र यादव इत्यादिले ठेल मेल गरेका थिए ।

मालाले आरजु पुरिँदै गर्दा ‘आरजु भाउजु जिन्दावाद । आरजु भाउजु जिन्दावाद भन्दै नारा लागेको थियो। फाइल तस्वीर