Gold
Bangad salyan

बर्षाले भत्कायको घरमा राहात लिएर पुगे वडा अध्यक्ष शसिराम विक

भदौ १

रुकुम पश्चिम् – कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष शसिराम विकले राहात स्वरुप खाद्यन्न वितरण गरेका छन।

अध्यक्ष विकले सोही नगरपालिकाको वडा नम्वर ९ गूर्ता लगाउँ निवासी पवित्रा सार्कीको परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका हुन  ।

गएको हप्ता अविरल वर्षाले गर्दा स्थानीय पवित्रा सार्कीको घर भत्केको हो।

४ कोठे कच्ची घरका २ वटा कोठा वर्षाले भत्काए पछि अहिले उहाँको परिवारका सदस्यहरु छिमेकी बुहारी को घरमा बस्दै आएका छन ।

२०६८/६९ सालमा करिव रु ७ लाख लगानीमा निर्माण गरीएको घरको छानावाट पानी चुहिएर २ वटा कोठा पूर्णरुपले भत्किएका छन ।
वडा अध्यक्ष वि.क. वडा सचिव भुपेन्द्र केसि शिक्षक प्रेम केसि रोषण पुण, खडक केसि स्थानीय कृष्ण वहादुर मल्ल लगाएतका व्यक्तिहरुले पिडीत सार्कीको घरमा राहत प्रधान गरेका हुन।
पीडित पवित्राका २ छोरा १ वुहारी र १ नातिनी छन । जेठो छोरा रोजगारीको शिलशिलामा भारतमा छन । उनीले श्रम गरेर ल्याएको पैशा आफनो श्रीमति र छोरी लाई पालन पोषण गर्न धौ धौ छ भएको परिवार बताउछन् ।
कान्छा छोरा बेरोजगारी छन, पवित्राले  भन्छिन् यस्तो अवस्थामा हामी घर न घाटको भएका छौ हामीलाई घर निर्माण सवैभन्दा ठुलो चुनौती भएको भन्दै दुख व्यक्त गरेकी छिन  ।
श्रीमानको ११ वर्ष पहिले निधन भएपछि आफुहरुलाई घर व्यवहार चलाउन निकै कष्ट कर भएको भन्दै स्थानीय सरकार तथा सम्वन्धित सवैसंग सहयोगको माग गरेकी छिन ।
विहान, वेलुका हात मुख जोर्न कठिन भएको अवस्थामा वडा नम्वर ८ का वडाअध्यक्ष लगाएतले राहात स्वरुप खाद्यन्न वितरण गरेकोमा पीडित पबित्रा को घर परिवारले  खुसि व्यक्त गरेका छन ।

गूर्तालगाउँको पनि दुर्गम टोलको रुपमा लिईने उक्त ठाउँमा खानेपानीको समेत अभाव रहेको छ । त्यहाँका समुदायले करिव आधा घण्टाको पैदल दुरीवाट को बाटो हिढेर पानीको बोकेर ल्यौछन लाईन वसेर पानी ओसार्नु पर्ने वाध्यता रहेको त्यहाका स्थानीय  बताउछन् ।

वडा नम्वर ८ का वडा अध्यक्ष शसिराम वि.क.ले पिडीत पवित्रा वि.क.को घर पुनह निर्माणको लागि पहल गरेका छन।
पिडीत परिवारका सदस्यहरु संग कुराकानी गर्दै वडा अध्यक्ष बि. क ले  कुनैपनि हालतमा वर्षाले भत्काएको घरलाई पुर्ण निर्माण को लागि सबैको साथ् को आवस्यक परेको बताए ।
सम्पुर्ण चौरजहारी बासीमा एकल महिला पबित्रा सार्कीको घर पुनः निर्माण बनाउन सहयोग गरिदिन सबैमा रंग दर्पण परिवारले पनि हार्दिक अपिल गर्दछौं ।