पोस्टमा माफी मागेका भिम उपाध्यायलाई आलोचना गर्न केही तत्व सक्रिय
काठमाडौ – पुर्व सचिव समाजसेवि भिम उपाध्यायले आफू ले गल्तीबस गरेको पोस्टमा माफी माग्दा पनि विवादित बनाउन केही तत्व सक्रिय देखीएका छन।
धरानमा केही दिन अगाडि मात्र गौहत्या गरि सामुहिक भोज भतेर गरिएको थियोे । उक्त पोस्ट गर्दा एक महिलाले ठूलो गोरुको जस्तो खुट्टा खादै गरेको तस्वीर पनि सार्वजनिक भएको थियो।
सोही तस्वीरलाई भिम उपाध्ययले पनि पोस्ट गरेपछि तस्वीरलाई लिएर सामाजिक संजालमा चर्को आलोचना समेत भएकोमा थियो।
त्यस्पछी ती महिलाले उक्त तस्वीर गोरुको नभै भैसिको भएको र दुई बर्ष पहिले आफुले रमाईलो गर्दै टिक टकमा हालेको बताईन। चितवन भरतपुर १६, शरणपुरकी पूर्णिमाया गुरूङले उक्त तस्वीर भैसीको खुट्टा आफैले रमाईलो गर्दै खादै गरेको बताईन।
उनको भनाई पछि समाजसेवि भिम उपाध्यायले सो तस्वीर करिब तीन दिन पहिले हटाईसकेका छन भने माफी पनि मागेका छन।
तर अहिले केही तत्वहरु भिम उपाध्यायलाई गाली गर्न पछि परेका छन भने विवादमा ल्याउन ती महिलालाई मानहानीको उजुरी गर्न समेत लगाएका छन।
ती महिलाको तस्वीर सामाजिक संजालभरी भाईरल छ। कस्ले हालेको भन्ने समेत जानकारी छैन । तर भिम उपाध्यायको पोस्टबाट सबै भन्दा बढि सियर भएको भन्दै उपाध्यायको आलोचना गरिएको पाईएको छ।

