Gold
Bangad salyan

२०२५ को लागि डीभीको आवेदन खुल्यो

असोज १७

काठमान्डौ – अमेरिकाको लागि  सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज बुधवार रातिदेखि फारम खुल्दै छ।

नेपाली समय अनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा कात्तिक २१ गते (नाेभेम्बर ७) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुलेपछि पहिले जस्तै गरि निःशुल्क आफैँले भर्न सकिने छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर भर्न सकिने छ।