Gold
Bangad salyan

दैलेखमा मासु अड्किएर ज्यान गुमाएका परिवारलाई १० हजार सहयोग

कार्तिक ७

दैलेख – दैलेखमा मासु अड्किएर ज्यान गुमाएका नौमुले गाउँपालिका ,६ माथिल्लो नाउलीका ३९ वर्षीय दलबहादुर विकको परिवारलाई छिमेकी अमेरिकाको क्यालिफोर्नियामा रहेका मनेन्द्रचन्द ठकुरीले १० हजार रुपैयाँ सहयोग गरेका छन।

गत आइतवार पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर दलबहादुरको ज्यान गएको थियो । उनका चार छोरा र दुई छोरी छन् । आर्थिक अवस्था कमजोर हुँदा काजक्रियामा समेत समस्या रहेको मृतकका छिमेकले बताए।