कलाकारहरुले रक्सी चुरोटको विज्ञापन गर्नु हुदैन : नायक भुवन केसि
माघ १५
काठमान्डौ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले स्वास्थ्यलाई हानि गर्ने विज्ञापनमा अभिनय गर्न नहुने बताएका छन।
सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र कुनको नगर्ने भन्ने विषयमा कलाकार सचेत हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष केसीले मदिरा, चुरोट लगायत स्वास्थ्यलाई हानि गर्ने वस्तुको विज्ञापनमा कलाकारहरुले अभिनय गर्न नहुने बताए ।
कुनै मदिरा वा चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नुहुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नुनहुने उनको भनाई छ।
कलाकारहरुले सामाजिक कामका लागि बनेका विज्ञापन निःशुल्क गर्नुपर्ने पनि केसीले बताए । विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा सतर्क हुनुपर्ने केसीको धारणा छ ।
उनले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने पनि बताए ।

