Gold
Bangad salyan

कल कल मुया भिडियो सार्वजनिक हुँदै

बैशाख ७

काठमान्डौ – कल कल मुया बोलको गीत रिलिजको तयारीमा रहेको छ। गीतलाई दुर्गा प्रसाद सापकोटाले निर्माण गरेका हुन।

लभको आवाजमा रहेको यो गीतमा तुलाधर धर्नलको संगीत राजन रुमानीको शब्द लेखन छ।

गीत केही दिनमा बजारमा सार्वजनिक हुने यहि गीतका मोडल जीवन कुमार ज्ञवालीले बताए । यस्तै गीतलाई दर्शकले माया गर्ने आशामा रहेको उनले बताए ।

गीतको भाका लय र कोरियोग्राफी हेर्दा अहिलेको युवा युवतीले मन पराउने पनि उनको भनाइ छ।

कबिराज गहतराजको निर्देशन रहेको यो गीतमा जीवन कुमार ज्ञवाली र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ ।

गीत काठमान्डौका विभिन्न स्थानसंगै नारायणहिटि नजिक गणतन्त्र पार्कमा छायांकन गरिएको छ।