Gold
Bangad salyan

दैलेखको दुई पालिकामा चट्याङ लाग्दा तीन घाईते

भदौ ९

दैलेख -दैलेखमा चट्टयाङ्गले लागेर चार जना घाइते भएका छन् ।

चट्टयाङ्ग लागेर भगवतीमाई गाउँपालिका–१ राँकाका २६ वर्षीय रेशम थापा, महाबु गाउँपालिका–२ डुँग्री गाउँका तीन जना ३० वर्षीय दिलबहादुर सुनार, २३ वर्षीय नगेन्द्र सुनार र ९ वर्षीय महेश सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिए।

डुँग्री गाउँमा घरभित्र बसिरहेका तीन दाजुभाइ दिलबहादुर, नगेन्द्र र महेश बेहोस भएपछि दैलेख अस्पतालमा पठाएको महाबु गाउँपालिका–२ की वडासदस्य पशुपति सुनारले जानकारी दिएका छन।

घाइते चारै जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले बताए ।