Gold
Bangad salyan

रवि लामिछानेको आदेश आउन अझै ढिला रास्वपाका कार्यकर्ता सर्वोच्च बाहिर

जेठ ९

काठमान्डौ – रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने वा उनलाई छाड्ने भन्नेबारेमा तीन दिनदेखिको बहस शुक्रबार दिउसो दुई बजेको थियो।

६ घण्टा बित्दा समेत न्यायाधीशहरूले आदेश तयार पारेका छैनन् ।
यस्ता विवाद सुनुवाइपछि न्यायाधीशहरूले आन्तरिक रुपमा आपसी सल्लाह गर्छन् अनि त्यसलाई मस्यौदा तयार गर्छन् ।

त्यसपछि मात्रै आदेशको रुपमा तयार गर्छन् । तर शुक्रबार भने आदेश लेखनमा लामो समय लागेको पाईएको छ। रवि लामिछाने छुट्ने भन्दै रास्वपाका कार्यकर्ताहरु सर्वोच्चको बाहिर भिडमा छन।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेल अहिले न्यायाधीशहरू आदेश लेखनको क्रममा रहेको र केहीबेरमा आदेश सार्वजनिक हुने बताउँछन्।

उहाँहरू छलफलपछि आदेश लेखनको समयमा हुनुहुन्छ, अब केहीबेरमा आदेश तयार होला । शुक्रबार तीन वटा निवेदनको सुनुवाई भएको छ उनले भने।

पहिलो, आफ्नो पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रवि लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन हालेकी छन् ।

दोस्रो, आफूलाई गलत ढंगले थुनामा पठाइएको भन्दै रवि लामिछानेले उच्च अदालतको बुटवल इजलासको आदेश बदर हुनुपर्ने माग राखेका छन् ।

यस्तै तेस्रो, छविलाल जोशीले पनि आफू थुनामुक्त हुनुपर्ने माग राखेर दिएको निवेदन एकसाथ सुनुवाइ भइरहेको छ ।