Gold
Bangad salyan

सल्यानका दुई किशोरी दाङमा अचेत अवस्थामा दुई जनाको मृत्यु

जेठ ९

दाङ – दाङको तुलसीपुरमा कोठामा अचेत अवस्थामा फेला परेका दुई किशोरीको उपचारका क्रममा ज्यान गएको छ ।

सल्यानको बागचौर नगरपालिका–११ बाँफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियार गएराति अचेत अवस्थामा फेला परेका थिए ।

जानकारीपछि प्रहरीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल पुर्‍याएकाे थियाे ।

त्यहाँ उपचार हुन नसकेपछि दुवै जनालाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

घोराहीमा दिपु परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दिपाको घोराहीमा पनि उपचार हुन नसकेपछि बिहान बाँकेको नेपालगञ्ज पुर्‍याइएको थियो । दिपाको पनि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो।