Gold
Bangad salyan

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश अब के होला

काठमान्डौ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सदर गरेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो।

‘यसअघि भएको आदेशलाई यथावत छाड्ने, परिवर्तन गर्न नपर्ने आदेश भएको छ,’ स‍र्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

रविकी श्रीमती निकिता पौडेलले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै यही वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएकी थिइन्।

लामिछानेसँगै छविलाल जोशीलाई पनि थुनामा राख्ने आदेश सर्वोच्चले सदर गरेको छ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराध कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

त्यसअघि जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई पुर्पक्षका लागि एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। जेठ् ९