लोकप्रिय सर्जकको जोडि सुगा बजारमा यस्तो छ भिडियो
असार १४
काठमान्डौ – लोकप्रिय संगीतकार श्री कृष्ण बम मल्लको शब्द संगीतमा वसन्त थापा र गायिका शान्ति श्रीस मगरको स्वरमा रहेको जोडि सुगा गीत बजारमा सार्वजनिक भएको छ।
गीतलाई गायिका शान्ति श्रीस मगरले प्रस्तुत गरेकी हुन। शिव विकले निर्देशन गरेको भिडियोमा शान्ति श्रीस मगर र आनन्द गुरुङको अभिनय रहेको छ ।
पन्चेबाजा झल्काउने यो गीतले दर्शकको मन जित्न सक्ने आशा गरिएको छ। गीतको अडियो भिडियो नै उत्कृष्ट बनेको छ।
गीतलाई टिकटकमा दर्शकले अत्यधिक मन पराउने समेत गरेका छन।
यस्तो छ भिडियो

