सिसिटिभीको तार काटेर बुद्धचित्त चोरी घरधनीमाथि खुकुरी प्रहार
असार ४
ललितपुर – ललितपुरको गोदावरी–७ मा बुद्धचित्त टिप्न गएको समूहले सिसिटिभीको तार काटेर घरधनी कृष्णबहादुर मार्फामाथि खुकुरी प्रहार गरेका छन्।
शनिबार राति भएको घटनामा मार्फाको दायाँ हातमा चोट लागेर अस्पतालमा उपचार गरिएको छ।
प्रहरीले आइतबार बिहान तीन जना पक्राउ गरी ९९ काँचो बुद्धचित्त दाना बरामद गरेको छ। पक्राउ परेका तीनैजनाको आपराधिक पृष्ठभूमि रहेको पाइएको छ।

