Gold
Bangad salyan

एमालेको झन्डा जलाउने रस्वपाको कार्यकर्ता पक्राउ

फाल्गुन ९

Salyan

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले नेकपा (एमाले)को चुनाव चिन्ह अंकित झण्डा जलाएको घटनामा संलग्न एक जनालाई पक्राउ गरेको जनाएको छ ।

बिहीबार राति तुलसीपुर उप–महानगरपालिका–५ स्थित वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा केही अपरिचित व्यक्तिहरूले झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।

अनुसन्धानका क्रममा तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले समाजमा शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।