Gold
Bangad salyan

कम्युनिस्ट पार्टीको झन्डा च्यात्नेलाई कारबाहीको माग गर्दै जेनजेड फोर्सको चेतावनी

फाल्गुन ९

Salyan

काठमान्डौ – कम्युनिस्ट पार्टीको झन्डा च्यातेको भन्दै पार्टीले कारबाहीको माग गरेको छ। सिसम नेपाल आईडीमा एक जना युवतीले कम्युनिस्ट पार्टीको झन्डा च्यातेर खुट्टा पुछ्दै गरेर फालेको देखिन्छ। उक्त भिडियो सामाजिक संजालमा भाईरल बनेको छ। झन्डा च्यात्दै गर्दा जेंजी भनेको एतिको हुनु पर्छ भन्दै गरेको सुनिन्छ।

कम्युनिस्ट पार्टी जेनजेड रेड फोर्स नेपालले एक विज्ञपति जारि गर्दै रातो तारा अंकित झण्डा च्यात्ने, जुत्ताले कुल्चने र थुक्ने जस्ता कार्यहरू अत्यन्त आपत्तिजनक र अस्वीकार्य भएको भन्दै तत्काल कारबाहीको माग गरेको छ।

विज्ञपतिमा भनिएको छ

उक्त रातो ताराले १० वर्षे सशस्त्र संघर्षका क्रममा महिलाहरूको हक–अधिकार, समानता, शिक्षा र सम्मानका लागि लडिएको आन्दोलनको प्रतिनिधित्व गर्दछ। त्यही संघर्षका कारण आज महिलाहरू घरभित्र सीमित भूमिकामा मात्र नरही शिक्षा, रोजगारी र नेतृत्वमा अघि बढ्न सकेका छन्। त्यस ऐतिहासिक पृष्ठभूमि र बलिदानप्रति न्यूनतम सम्मान अपेक्षित हुन्छ।

यदि तपाईंले आफ्नो गल्ती महसुस गर्दै, “मैले अज्ञानतावश यस्तो कार्य गरेँ, म क्षमा चाहन्छु” भनी सार्वजनिक रूपमा सामाजिक सञ्जालमार्फत माफी माग्दै, उक्त प्रतीक र त्यसले बोकेको महिलाहरू तथा उत्पीडित समुदायको अधिकारसम्बन्धी संघर्षप्रति सम्मान व्यक्त गर्नुहुन्छ भने त्यसलाई सकारात्मक रूपमा लिइनेछ।

अन्यथा, यस विषयलाई गम्भीरतापूर्वक लिँदै हामी कानुनी कारबाहीको प्रक्रियामा अगाडि बढिसकेको जानकारी गराउन चाहन्छौँ।

हामी आशा गर्दछौँ कि तपाईंले जिम्मेवारीपूर्वक सोचेर सामाजिक सद्भाव, इतिहासप्रतिको सम्मान र सभ्य राजनीतिक संस्कार कायम राख्न उचित निर्णय लिनुहुनेछ।