Gold
Bangad salyan

एमालेको सुर्य अंकित झन्डा जलाउने रास्वापाका थप दुई जना कार्यकर्ता पक्राउ

फाल्गुन ९

Salyan

काठमान्डौ – दाङको तुलसीपुरमा नेकपा एमालेको सुर्य अंकित झन्डा जलाउने रास्वापाका थप दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका,६ का २४ बर्षीय बिक्रम परियार र तुलसीपुर। ४ का रमेश राना मगरलाई राति पक्राउ गरेको हो। प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका,७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको थियो।

बिहीबार राति ९ बजेतिर दाङ तुलसीपुरको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा केही व्यक्तिले एमालेको झन्डा जलाएका थिए। त्यो भिडियो सार्वजनिक भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। त्यसपछि प्रहरीले एमाले झन्डा जलाउनेको खोजी थालेको थियो।