काङ्ग्रेस र रास्वपाका कार्यकर्ताबिच कुटा कुट
फाल्गुन ९

काठमान्डौ – सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका, ४ मा चुनावी कार्यक्रमको काम भैरहेको बेला नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।
कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए ।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएका थिए ।
उक्त क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो ।
कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्यकर्ताहरूबीच झडप उग्र बन्न बनेपछि प्रहरीले बल प्रयोग गरेको थियोे ।

