Gold
Bangad salyan

अमेरिकामा आफ्नै परिवारका तिन जनाको हत्या गर्ने व्याक्तिलाई प्रहरीले गोलि हानेर मार्यो

काठमान्डौ – अमेरिकामा आफ्नै परिवारको तिन सजनाको खुडा प्रहर गरेर कुर्रता हत्या गर्ने नेपालीलाई अमेरिकी प्रहरीले गोलि हानेर हत्या गरेको छ। भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपाली छत्रबहादुर थापालाई प्रहरीले गोलि हानेको हो।

सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्दा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापाको मृत्यु भएको छ।

प्रहरीका अनुसार, अन्दाजी ५० वर्षका ती व्यक्तिले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए।

उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए। हतियार भुइँमा फाल्न पटक-पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए।

हाम्रा प्रहरी अधिकारीले गोली चलाउँदा (ज्वाइँको) ज्यान गइरहेको अवस्था थियो, डेभिसले सोमबार पत्रकार सम्मेलनमा भने। प्रहरीका अनुसार अधिकारीहरूले तुरुन्तै ती संदिग्धलाई सीपीआर दिएका थि। तर घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरियो।

अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको डेभिसले बताए। ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाइरहेका थिए, त्यतिबेला अपार्टमेन्टभित्र होहल्ला सुनेपछि उनले ९११ मा फोन गरे र आफ्नो कोठामा फर्किए,’ डेभिसले भने।

ती व्यक्तिले आफ्ना ससुराले १० इन्च लामो ‘मासु काट्ने हतियार’ जस्तो देखिने घुमाउरो खुँडाले सासूलाई प्रहार गरिरहेको देखेका थिए, त्यसपछि ससुराले उनीमाथि पनि त्यही खुँडा प्रहार गरेका थिए।

फेयरफ्याक्स काउन्टीमा भएको घातक खुँडा प्रहारमा प्रहरीले १० इन्च लामो मासु काट्ने हतियारजस्तो देखिने घुमाउरो खुँडा प्रयोग भएको बताएको छ।

घरभित्र रहेको बच्चालाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ। प्रहरीले उक्त घरमा यसअघि घरेलु हिंसा वा प्रहरीलाई बोलाइएको कुनै रेकर्ड नभएको तर त्यसबारे अनुसन्धान गरिने बताएको छ। के कति कारणले घटना घत्यु भन्ने भने प्रहरीले अनुसन्धन गरिरहेको छ।फाल्गुन १२