Gold
Bangad salyan

बजारमा सुनको भाऊ बढ्यो तोलाको ३ लाख १४ पुग्यो

फागुन १२

काठमान्डौ – बजारमा सुनको भाउ आज पनि ह्वातै बढेको छ । सुनकाे भाउ १ हजार ३ सयले बढेर तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत आइतवार एकैदिन ५ हजार ६ सय रुपैयाँले बढेको सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ ३ हजार २ सयले बढेर ताेलाकाे ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ , चाँदीकाे भाउ १० रुपैयाँले बढेर ताेलाकाे ५ हजार ५ सय ८५ रुपैयाँ काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ । हिजाे चाँदीकाे भाउ १ सय ७० रुपैयाँले बढेर तोलाको ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियाे ।