देश वाईवाई चाउचाउ जस्तै गरि चल्नु पर्छ : बालेन शाह
फागुन १६
काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले देश वाईवाई चाउचाउ जस्तै गरि चल्नु पर्ने बताएका छन्। आज चितवनको चुनावी सभालाई सम्बोधन गर्दै देश हेटौंडा सिमेन्ट कारखानाजस्तै बन्द हुने अवस्थामा रहेको बताएका हुन्।
हाम्रो देश हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन छ। मेनपावर पनि छ, खानी पनि छ। तर बन्द,अब चल्नुपर्यो। नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुपर्यो, अब त्यो पनि। पूरै देशभरी चल्नुपर्यो। बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौं हामी उनले भने।
यस्तै पार्टी सभापति रवि लामिछाने नै चितवनबाट उमेद्वार रहेको भन्दै कुनै चिन्ता नलिन समेत आग्रह गरे।

