Gold
Bangad salyan

कुमाख गाँउपालिका ४ मा एकताबद्द भएर तारामा भोट गर्ने सन्देश देखि पार्टी प्रवेश

फाल्गुन १६

सल्यान – सल्यानको कुमाखमा कम्युनिस्ट पार्टीको चुनाव प्रचार प्रसार तिब्र देखिएको छ। कुमाख गाउँपालिका वडा न ,४ कोर्तिमा मिति फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको लागि एकता बद्द भएर तारामा भोट गर्ने एकता सन्देश सहित जनभेटघाट कार्यक्रम भव्यतापुर्वक सम्पन्न भ एको छ। आजको कार्यक्रममा एमाले कुमाख गाउकमिटि सदस्य घनश्याम केसीले पार्टी परित्याग गरि कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

कर्णाली प्रदेश कमिटि सदस्य तिलबुर बुढा भेरीले उनलाई प्रवेश गराएका हुन्। सल्यान जिल्लाका कम्युनिस्ट उमेद्वार रमेश कुमार मल्लको गाउपालिका वडान ५ हो अहिले उनको गाउपालिकाका सम्पूर्ण जानबासिले मल्ललाई भोट हालेर जिताउने जनाएका छन्।